Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

मलेसियाविरुद्ध नेपालले पहिले बलिङ गर्दै


स्वतन्त्र
मंगलबार, वैशाख ५ २०८०१०:३६
  • 484
    SHARES

  • मलेसियाविरुद्ध नेपालले पहिले बलिङ गर्दै

    काठमाडौं । एसीसी मेन्स प्रिमियर लिग आजदेखि काठमाडौंमा सुरु भएको छ । एसिया कपमा छनोट हुने लक्ष्य राखेको नेपालले आफ्नो पहिलो खेल अहिले मलेसियासँग खेलिरहेको छ ।

    images
    images

    कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु भएको खेलमा नेपालले पहिले बलिङ गरिरहेको छ । टस जितेर मलेसियाले ब्याटिङ रोजेपछि नेपालले बलिङको निम्तो पाएको हो ।

    मलेसियाविरुद्धको आजको खेलमा करण केसी, ज्ञानेन्द्र मल्ल र प्रतिश जीसीलाई भने बेन्चमा राखिएको छ । नेपाल र मलेसियाबीच पहिल्लो पटक ५० ओभरको फम्यार्टमा भेट हुँदा नेपालले शतप्रतिशत नतिजा निकालेको छ ।

    पछिल्लो पटक यी दुईको सन् २०१८ मा एसिया कपको छनोटका लागि क्वालालम्पुरमा भेट भएको थियो । जसमा नेपाल १९ रनले विजयी भएको थियो । दुई वर्षअघि मलेसियाले नेपालसँग टी –ट्वान्टी फम्यार्टमा टीयूमा खेलेको थियो । त्यसपछि यी दुईबीच कुनै पनि प्रतियोगितामा भेट भएको छैन । एसियाका शीर्ष १० एसोसियट राष्ट्रबीच हुने प्रतिस्पर्धा आजदेखि १५ दिन टीयू र मूलपानी मैदानमा आयोजना हुनेछ । प्रतियोगिताको च्याम्पियनले एसिया कपमा स्थान बनाउने छन ।

    प्रतिक्रिया दिनुहोस