बागलुङ । अर्थशास्त्रका अन्तर्राष्ट्रिय बैज्ञानिक प्राध्यापक डाक्टर राममनोहर श्रेष्ठ र शिक्षा तथा शैक्षिक क्षेत्रमा उल्लेखनीय भुमिका निभाएका घनश्याम पाठकलाई दिल-गंगा प्रधान स्मृति कोष बागलुङले सोमबार सम्मान गरेको छ । स्मृति कोषले आफ्नो १५ औं समारोहमा डा. श्रेष्ठ र पाठकलाई सम्मान गरेको हो।
बागलुङ सदरमुकाममा आयोजित कार्यक्रममा एसईइ परिक्षामा उत्कृष्ट नतिजा ल्याउने बिद्यामन्दिर माध्यमिक बिद्यालय र लेखानी माध्यमिक बिद्यालयका बिद्यार्थीलाई नगद र प्रमाणपत्रबाट पुरस्कृत गरिएको छ । कार्यक्रममा स्मृति कोषका अध्यक्ष काजीरोशन द्वारा लिखित लघु कथा संग्रह आफ्नै रागको प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ र प्राध्यापक डाक्टर राममनोहर श्रेष्ठले विमोचन गरेका थिए ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी रोशनी कुमारी श्रेष्ठ ,सम्मानित ब्यक्ति प्राध्यापक राम मनोहर श्रेष्ठ ,कालीका माध्यमिक बिद्यालय बुटवलका पुर्व प्रधानाध्यापक घनश्याम पाठक वरिष्ठ अधिवक्ता पध्मनाथ शर्मा साहित्यकार प्रेम छोटा लगायतले आआफ्नो धारणा राखेका थिए । कार्यक्रममा सम्मानित ब्यक्तिको बारेमा समाजसेवी देवबहादुर श्रेष्ठले परिचय गराएका थिए । लघु कथाको बारेमा धौलागिरि बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हरिप्रसाद पाण्डेले प्रकाश पारेका थिए ।
बागलुङ सदरमुकाममा रहेको बिद्यामन्दिर माध्यमिक बिद्यालयका पुर्व शिक्षक स्वर्गीय दिलप्रसाद प्रधान र उनका धर्म पत्नी स्वर्गीय गंगा देवी प्रधानको स्मृतिमा उनका छोरा दीपक प्रधान ,प्रकाश प्रधान ,प्रताप प्रधान दिपेश प्रधानले स्मृति कोष खडा गरि दुईवटा बिद्यालयका बिद्यार्थी र समाजको विभिन्न क्षेत्रमा योगदान पुर्याएका ब्यक्तिहरूलाई सम्मान गर्दै आएका छ ।
स्मृति कोषका अध्यक्ष काजी रोशनको अध्यक्षतामा ,स्मृति कोषका संस्थापक दीपक प्रधानको स्वागत र कोषका सचिव अगम पालिखेको सञ्चालनमा कार्यक्रम भएको थियो ।