Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

बिद्यालयमा युवा रेडक्रस सर्कल गठन


सोमबार, वैशाख २५ २०८००९:४६
  • 612
    SHARES

  • बिद्यालयमा युवा रेडक्रस सर्कल गठन

    बागलुङ । नेपाल रेडक्रस सोसाइटी बागलुङले जुनियर युवा रेडक्रस सर्कल गठनको शुभारम्भ गरेको छ । 'जहाँ दुख त्यहाँ रेडक्रस' भन्ने नारासाथ गठन भएको नेपाल रेडक्रस सोसाइटीले बिश्व रेडक्रस दिवसकोअवसरमा बागलुङस्थित कालीगण्डकी आवासीय माध्यमिक बिद्यालयमा जुनियर रेडक्रस सर्कल गठन गरेको छ ।

    images
    images

    सामुदायिक तथा संस्थागत बिद्यालयहरूमा रेडक्रसको पहुँच पु-र्याइ बिद्यार्थीहरूलाइ सामाजिक कार्यमा समेत अगाडि बढाउने उदेश्यले युवा रेडक्रस सर्कल गठन गरेको नेपाल रेडक्रस सोसाइटीका सभापति जगन्नाथ आचार्यले बताए ।

    युवा रेडक्रस सर्कल गठन कार्यक्रममा जिल्ला उपसभापति राजेन्द्र आचार्य,जिल्ला सदस्य कृष्णप्रसाद आचार्य, पुर्ण भद्र निउरे लगायतले अहिले समाजबाट मानवीयता हराउँदै गइरहेको समयमा बिद्यालयमा अध्ययनरत बिद्यार्थीमा सामाजिक भावनाको विकास गरि समाजलाई शिक्षा दिनका लागि युवा रेडक्रस सर्कल आवश्यक रहेको धारणा राखेका थिए ।

    कालीगण्डकी आवासिय माध्यमिक बिद्यालयका भाइस प्रिन्सिपल सुरेन्द्र शाक्यको अध्यक्षता, नेपाल रेडक्रस सोसाइटीका कोषाध्यक्ष जीवननाथ शर्माको स्वागत तथा शिक्षक केदार शर्माले कार्यक्रम सञ्चालन गरेका थिए । 

    बिद्यार्थी संगम क्षेत्रीको अध्यक्षतामा ११ सदस्य युवा रेडक्रस सर्कल कार्यसमिति गठन गरिएको छ । रेडक्रस सोसाइटीले जिल्लामा युवा रेडक्रस सर्कल अभियानकै रूपमा गठन गर्ने योजना बनाएको छ । 

    20230508_102108.jpg



    प्रतिक्रिया दिनुहोस