Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

सत्ता गठबन्धनलाइ पाँच बर्ष कसैले हल्लाउन सक्दैन- प्रधानमन्त्री प्रचण्ड


स्वतन्त्र
सोमबार, असोज २९ २०८००७:५८
  • 508
    SHARES

  • सत्ता गठबन्धनलाइ पाँच बर्ष कसैले हल्लाउन सक्दैन- प्रधानमन्त्री प्रचण्ड

    धनगढी । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले  अहिलेको सत्ता गठबन्धन पाँच बर्ष कायम रहने दाबी गरेका छन् ।  धनगढीमा सोमबार  आयोजित समाजवादी मोर्चा नेपालको सन्देश सभामा बोल्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले एमालेले गठबन्धन विरुद्ध चलखेल गरे पनि  यसलाई कसैले पनि हल्लाउन नसक्ने बताए ।

    images
    images

    उनले कोसीमा बनेको तीन गठबन्धनको समस्यालाई कसरी समाधान खोज्ने भनेर काँग्रेसका सभापति शेरबहादुर देउवा,डा. शेखर कोइराला र आफू बसेर यो गठबन्धनलाई कमजोर पार्न दिइने छैन भन्ने प्रतिबद्धता पत्रमा हस्ताक्षर गरिएको बताए । उनले गठबन्धन विरुद्ध एमालेले कोसीमा एकपछि अर्को चलखेल गरिरहेको बताए ।  

    एमालेले गरेको चलखेल रोकिएको भनेको त फेरी अर्को चलखेल,हामीले काँग्रेसको एक जनाको मन्त्री बनाउने भनेकोमा एमालेको मन्त्री थपिएको बताउँदै  यसलाई सच्याएर पाँच वर्ष यो गठबन्धन कायम राख्ने बताए । विभिन्न नाममा परिवर्तनका उपलब्धिलाई उल्ट्याउन भइरहेको षडयन्त्रलाई परास्त गर्न जरुरी रहेको उनको भनाइ थियो ।

    सभामा नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, जनता समाजवादी पार्टीकाअध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव,नेत्र विक्रम चन्द  लगायतले धारणा राखेका थिए

    प्रतिक्रिया दिनुहोस