चितवन । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) ले प्रदान गर्ने फेडवासन वास राष्ट्रिय पत्रकारिता पुरस्कारबाट चार जना पत्रकार पुस्कृत भएका छन ।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको २२ औ स्थापना दिवसको अवसरमा चिवनमा आयोजीत कार्यक्रममा टेलिभिजनतर्फ एभिन्युज टेलिभिजनका सम्वाददाता राजेशचन्द्र राजभण्डारी सहित अखबारतर्फ चितवन पोष्टका होमनाथ सापकोटा, अनलाइनतर्फ उकेराका जगतदल जनाला बि .क. र रेडियोतर्फ रेडियो परासीका मोघनाथ गौतम पुरस्कृत भएका छन । उनीहरुलाई संघीय खानेपानी मन्त्री प्रदीप यादवले पुरस्कार प्रदान गर्नुका साथै सम्मान गरेका थिए ।
पत्रकारिताको क्षेत्रबाट खानेपानी तथा सरसफाइको क्षेत्रमा समाजमा उल्लेखनीय भुमिका खेलेको भन्दै प्रत्येक बर्ष ४ बिधा अन्र्तगत टेलिभिजन, रेडियो, अनलाइन र छापा माध्यममा काम गर्ने पत्रकारलाई नगद पुरस्कार सहित सम्मान गर्ने गरिएको महासंघका अध्यक्ष राजेन्द्र अर्यालले बताए ।