Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

घरको गारो भत्केर एकको मृत्यु,११ जना घाइते


स्वतन्त्र
शनिबार, भदौ २९ २०८१०६:४६
  • 440
    SHARES

  • घरको गारो भत्केर एकको मृत्यु,११ जना घाइते

    बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका वडा नं.-१ स्वामीचोकमा शनिवार दिउसो घरको गारो भत्केर च्यापिदा एक जनाको मृत्यु भएको छ । घरको गारोले च्यापिएर अन्य ११ जना घाइते भएका छन । 

    images
    images

    पुरानो घर जिर्ण भई बनाउने क्रममा गारो भत्किएर च्यापिदा वेग बहादुर विकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विजय यादवले जानकारी दिए ।

    विकको घर पुनर्निमाणका लागि भत्काउने क्रममा काम गरि रहेका अन्य मजदुर घाइते भएका छन । घाइते हुनेमा २६ वर्षीय शंकर पन्थी, २४ वर्षीय सुगान्त पौडेल, खडक प्रसाद विक, २० वर्षीय ईन्द्र रसाईली ४० वर्षीया कोपिला छन्त्याल, ५० वर्षीय सुभ बुढा मगर, ४० वर्षीया देविसरा विक, ३० वर्षीया थम कुमारी विक, ३८ वर्षीया खममाया घर्ति, ३५ वर्षीय टेक बहादुर विक र ५१ वर्षीया टेकमाया रसाईली रहेको र उनीहरुको बुर्तिवाङ स्वास्थ्य केन्द्रमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।  

    प्रतिक्रिया दिनुहोस