Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

क्याम्पस प्रमुखमा डा.सिलवालको पदस्थापन


सोमबार, माघ ७ २०८१०९:१५
  • 476
    SHARES

  • क्याम्पस प्रमुखमा डा.सिलवालको पदस्थापन

    बागलुङ । धौलागिरि बहुमुखी क्याम्पस बागलुङका नवनियुक्त क्याम्पस प्रमुख सह प्राध्यापक डा.सुदर्शन सिलवालको पदस्थापन भएको छ । त्रिभुवन विश्वविद्यालयको कार्यकारी परिषद्को बैठकले सिलवाललाई क्याम्पस प्रमुख नियुक्त गरेको थियो ।  

    images
    images

    विसं २०५५ सालमा त्रिवि सेवामा प्रवेश गर्नु भएका सिलवाल २०७० असार देखि सहप्राध्यापकको रुपमा रहनुभएको छ । निर्वतमान क्याम्पस प्रमुख प्रा.डा.रामप्रसाद उपाध्याय र क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. दिनबहादुर थापाले पदस्थापन गराउनु भएको छ ।

    पदस्थापन कार्यक्रममा बोल्दै सिलवालले शैक्षिक संस्थालाई भौतिक र शैक्षिक हिसाबले अब्बल बनाउनुको साथै यसको दिगो व्यवस्थापनको लागि सबैसँग सहकार्य गर्ने बताउनुभयो । उहाले क्याम्पसलाई धौलागिरि क्षेत्रकै गन्तव्य स्थल बनाउन र अनुसन्धान केन्द्रको रुपमा विकास गर्न आफनो ध्यान केन्द्रीत गर्ने बताउनुभयो ।

    क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष डा. दिनबहादुर थापाको अध्यक्षता र सहायक क्याम्पस प्रमुख उपप्रध्यापक हरि प्रसाद पाण्डेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । 


    स्वतन्त्र प्रेस
    स्वतन्त्र प्रेस

    प्रतिक्रिया दिनुहोस