Logo

Oct 29 2026 | २०८३, कात्तिक १३गते

गण्डकी प्रदेशका न्यायिक समितिबाट एक हजार ३९४ उजुरी फछर्यौट


मंगलबार, पुस ८ २०८२०८:३६
  • 340
    SHARES

  • गण्डकी प्रदेशका न्यायिक समितिबाट एक हजार ३९४ उजुरी फछर्यौट

    बागलुङ । गण्डकी प्रदेशका ८५ वटा पालिकामा परेका उजुरी मध्ये एक हजार ३९४ वटा फछर्यौट भएका छन । प्रदेश भित्रका न्यायिक समितिमा आर्थिक वर्ष २०८१÷८२ मा एक हजार ७८९ वटा उजुरी परेका थिए ।  

    images
    images

    गण्डकी प्रदेशका ८५ वटा पालिकामा न्यायिक समितिको सहभागीतामा ‘गण्डकी प्रदेश न्यायिक समिति दर्पण २०८२’ पुस्तकको बागलुङमा सार्वजनिक गरिदै गण्डकी प्रदेश भित्रका पालिकामा परेका उजुरीबारे बागलुङ नगरपालिका न्यायिक समितिले जानकारी दिएको छ । विभिन्न १४ वटा उजुरीका मध्ये एक हजार ३९४ वटा फछर्यौट भएका र ३९५ वटा फस्र्यौट हुन बाँकी बागलुङ नगरपालिका उपप्रमुख तथा न्यायिक समितिका संयोजक राजु खडकाले बताउनुभयो ।  

    उजुरी मध्ये ८०५ वटा मेलमिलाप भएका, ३३६ वटा फैसला भएका, २१४ वटा तामेलीमा रहेका र मेलमिलाप नभई अदालतमा पठाएका ३९ वटा रहेको  खडकाले बताउनुभयो । न्यायिक समितिमा सबैभन्दा बढी घरजग्गा साँध सिमानामा ३५९, माना चामलमा २१३, लेनदेनमा १४५ र ज्याला मजदुरीका १०२ वटा उजुरी परेका हुन । त्यसैगरी, कुटपिटका ९४,बाटो प्रयोग गर्न नदिएको ८५, अन्यको जग्गा आवाद ७८, जेष्ठ नागरिक सम्बन्धि ४२, पानीघाट ४१, घरभाडा ३८, घरेलु हिंसाका २८, सार्वजनिक जग्गा विवाद २७, बालबालिका सम्बन्धि २२ वटा र अन्य ५८२ वटा विवादका उजुरी दर्ता भएका छन । गण्डकी प्रदेशका ८५ वटा पालिकामा २०७४ सालदेखि २०८२ असार सम्म कुल ११ हजार ९२३ वटा विवादका उजुरी परेका छन ।   

    त्यसैगरी,बागलुङ जिल्लामा आ.व.२०८१÷८२ विभिन्न २४ वटा उजुरी परेका बागलुङ नगरपालिका स्थानिय सहजकर्ता ज्ञानेन्द्र राज पन्तले बताउनुभयो । उजुरी मध्ये आठ वटा उहाँले भन्नुभयो,“मेलमिलाप,चार वटा फैसला भएका, फछर्याैट हुन बा“की आठ वटा र अदालतमा दुई वटा उजुरी पठाएका छौ ।” 

    जिल्लामा २०७४ सालदेखि अहिले सम्म १०३ वटा उजुरी परेको थिए । बागलुङमा सबै भन्दा बढी घरजग्गा साँध सिमाना सात वटा, माना चामल, खाना लाउन शिक्षामा पाँच वटा,ज्याला मजदुरी विवादका चार वटा आलीधुर÷पानीघाट उपयोगका चार वटा रहेका छन । 

     



    प्रतिक्रिया दिनुहोस